हाम्रो बारेमा

हाम्रो बारेमा

श्री ज.न.मा.वि. चन्द्रलालपुर

श्री जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वा जनताको नामबाट नामांकन गरिएको विद्यालय हो । वि.स. २००७ सालको उषाकालिन प्रजातान्त्रिक किरणका साथै शिक्षाको विकासमा आएको तिव्रताको क्रममा वि.स. २०१४ सालमा प्राथमिक विद्यालयको रुपमा यस विद्यालयको स्थापना भयो , शिक्षाकै अभावलाई महसुश गरी तत्कालिन यहाँका सम्पूर्ण जनसमुदाय मध्ये स्वर्गीय श्री सूर्यनारायण महतोले आफनो जग्गा निशुल्क प्रदान गरी विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्नु भएको थियो । विद्यालय सञ्चालक तथा स्थापना कालका पहिलो प्र. अ. श्री अशर्फी सिंह हुनुहुन्थयो भने सञ्चालक समितिको अध्यक्ष सेक्रेटरीमा स्वयम स्व. श्री सुर्यनारायण सिंह रहनु भएको थियो ।

हाम्रो बारेमा
Our Gallery

ग्यालेरी

Our Gallery

The Executive Board

समचार

समचार