पृष्ठभूमि

भौगोलिक आकारका अन्य प्रदेशभन्दा सानो प्रदेशको रुपमा चिनिने नेपालको २ नं. प्रदेश अन्र्तगत सिरहा जिल्लाको केन्द्रविन्दुमा पर्ने गोलबजार न.पा. स्थित स्थापित श्री ज. नमुना मा.वि. विद्यालय चन्द्रलालपुर सामुदायिक विद्यालयको रुपमा पहिचान कायम गर्न सफल विद्यालय हो । आफनो स्थापना कालदेखि नै विभिन्न आरोह अवरोधहरुको सामना गर्दै हाल यो अवस्थामा पुग्न सफल रहेको छ । विद्यालयको सेवा क्षेत्र भित्रका वुद्धिजिवि, व्यापारी, किसान, मजदु्र र शिक्षाप्रेमी जनसमुदायको अटुट सहयोग र समर्पण रुपी भावनाले नै यो विद्यालय हालको अवस्थामा पुग्न सकेको कुरा कसैवाट लुक्न सक्दैन ।
    
२१ औ शताव्दी विज्ञान र सुचना प्रविधिको समय भएकोले यस विद्यालयमा इन्टरनेट सहितको सुचना प्रविधि प्रयोगशालाको स्थापना भई सुचारु भई सकेको छ । परम्परागत शिक्षण पद्धतिलाई परित्याग आधुनिक बालमैत्रि भवन निर्माण र वालमैत्री शिक्षणमा जोड दिनु आवश्यक भएकोले भविष्यमा भौतिक र शैक्षिक रुपमा सवल भई यस जिल्ला भित्र प्रभावकारी सिकाइ क्रियाकलाप एउटा नमुना विद्यालयको रुपामा पहिचान प्राप्तको आवसरको पर्खाईमा छ ।

        यस विधालयको प्रमुख दायित्व भनेको आफनो सेवा क्षेत्रका सबै छात्र छात्रालाई शैक्षिक गतिविधिमा संलग्न गराई समाजमा असल नागरिक भएर जीवन यापन गर्ने बनाउनु हो । जसका लागि स्थानिय सरोकारवालाहरुको सक्रिय सहभागिता र संलग्नताको आवश्यक्ता पर्छ । आउदो पाँच वर्षभित्रमा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुको परिपुर्ति गर्दै भौतिक, शैक्षिक र व्यवस्थापकिय पक्षको समुन्नत विकास गर्दै अगाडि बढेको हुनेछ ।