विद्यालय भन्नाले बालबालिकाहरुको अन्तर्निहित प्रतिभा प्रस्टफुटन गर्ने सर्वागीन विकास गराउने साझा फुलबारी हो । यो बालबालिकाहरुको नविनको स्वर्णिम विहानीका दिनहरु विताउने महत्वपूर्ण स्थान हो । त्यसै गरी विद्यालय एक सरस्वतीको मन्दिर पनि हो । समाजमा विविध उदेश्य परिपुर्तिका लागि विद्यालयको स्थापना गरिएको हुन्छ । विभिन्न सामाजिक पृष्टभुमि भएका विद्यार्थीका विचमा साझा उदेश्य बोकि काम गर्ने संस्था विद्यालय नै भएकोले यसलाई समाजको परिपुरक सह पद्धतिको रुपमा समेत लिइन्छ । यसले ज्ञानको ज्योति प्रज्वलित गरी भोलि देशका कर्णधारको रुपमा समेत लिइन्छ । शिक्षा नै विकास र यूग परिवर्तनको मूल आधार हो त्यसैले शिक्षालाई राष्ट्र निर्माणको साँचो पनि भनिन्छ । ज्योतिपुञ्जको रुपमा रहेर ज्ञानले क्रमश व्यक्ति परिवार र समाज लगायत सिंगों राष्ट्रलाई आलोकित पार्ने ध्रुब तारा रुपी सामुदायिक विद्यालयको नाम हो ।
श्री जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वा जनताको नामबाट नामांकन गरिएको विद्यालय हो । वि.स. २००७ सालको उषाकालिन प्रजातान्त्रिक किरणका साथै शिक्षाको विकासमा आएको तिव्रताको क्रममा वि.स. २०१४ सालमा प्राथमिक विद्यालयको रुपमा यस विद्यालयको स्थापना भयो , शिक्षाकै अभावलाई महसुश गरी तत्कालिन यहाँका सम्पूर्ण जनसमुदाय मध्ये स्वर्गीय श्री सूर्यनारायण महतोले आफनो जग्गा निशुल्क प्रदान गरी विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्नु भएको थियो । विद्यालय सञ्चालक तथा स्थापना कालका पहिलो प्र. अ. श्री अशर्फी सिंह हुनुहुन्थयो भने सञ्चालक समितिको अध्यक्ष सेक्रेटरीमा स्वयम स्व. श्री सुर्यनारायण सिंह रहनु भएको थियो । यस विद्यालयको सञ्चालकको लागि गा.वि.स.का तात्कालिन गाउँ पञ्चायत चन्द्रलालपुरका स्थानिय जनताहरुबाट भौतिक, आर्थिक र नैतिक सहयोग विस्तारै बढदै गयो र झन विद्यार्थीको चाप बढदै गर्दा त्यसपछिका दिन यस विद्यलयका लागि अझ सर्घंषमै बन्यो । तत्कालिन स्थानिय बासिमा शिक्षको प्रभावको कमिले गर्दा यसले विक्राल अवस्थाबाट गुजरिन परे पनि पुन स्थानिय जन्ताले शिक्षा प्रेमि , बुद्धिजिवि र समाजसेवीको पटक पटक को भेला र अव्हान बाट विद्यालयको निजि आम्दानी स्रोत बढाउन र अझ जग्गा उपलव्ध गराउन आम जनतासंग आग्रह र अनुरोध गर्दा विस्तारै यस विधालयको कायापलट ह्ुन थाल्यो फेरी समाज सेवीहरुको पहलमा स्व. इन्द्रजित सिंह , स्व. गणपतिलाल महतो को पत्नि श्रीमति रामसखि महतो , स्व. पवितर महतो , श्री मोतिलाल श्रेष्ठ , स्व. जीतबहादुर श्रेष्ठ ,स्व. हरिदेव सिंह कुर्मि ,स्व. रामजी महतो ,स्व. श्रीनारायण महतो र श्री मौजे महतो लगायत दर्जनौ जग्गा दाता बाट ४ विघा भन्दा बढी जग्गा प्राप्त गरयो । साथै विद्यालय भवनको शिल्यानास पनि गरियो । विद्यार्थी सख्या वृद्धि सगै विस्तारै शिक्षक दरवन्दि पनि थप हुदै गयो । वि.स. २०२८ सालमा स्थानिय व्यापारी स्व. हरिदेव सिंह द्धारा ५ कोठे प्रारम्भिक पक्की भवन निमार्ण कार्य सम्पन्न भएपछि विद्यालय झन आकर्शित भइ स्थानिय जनताको विद्यालय प्रतिको सहयोगको भावना झन जाग्दै गयो । फलस्वरुप विद्यार्थी संख्या बढदै गयो । वि.स. २०३४ सालमा प्र.अ. श्री मदन यादव जनसमुदाय तथा व्यावस्थापन समितिको अथक प्रयासबाट विद्यालयले प्राथमिक विद्यालय बाट नि.मा.को स्वरुप ग्रहन गरियो । १२ वर्ष नप्ुग्दै वि.स. २०४५ सालमा प्र .अ. श्री पुनम यादव र विद्यालय सञ्चालक समितिका अध्यक्ष स्व. गणपति लाल महतो रहेको वेला स्थानिय बुद्धिजिवि शिक्षाप्रेमी र जनताको सहयोगमा नि.मा. बाट माध्यमिक विद्यालयको रुपमा स्थापित भयो र जुन हाल सम्म पनि प्रगति पथमा लमकिरहेको छ ।
विद्यार्र्थीको चाप दिनानुदिन बढदै गएका कारण तत्कालिन जन स्रोतबाट विद्यालयको हाताभित्र २ विघा ५ कठ्ठा जग्गा पुगेको छ । भने जन स्रोत र गा.वि.स. को अैलानी जग्गा गरी ५ विघा पुगेको छ र हाल सम्म विद्यालयको कुल जग्गा १३ विघा १० कठ्ठा ११.५ धुर रहेको छ । वर्तमानमा यस विद्यालयको प्रधानाधयापक श्री ब्रहमदेव प्रसाद सिंह हुनुहुन्छ ।
सिरहा जिल्लाको उत्तरी भेगमा अवस्थीत यस स्थानीय चन्द्रलालपुर गोलबजार न.पा. ८ चोहर्वा र नगरपालिका वरिपरि रहेका नरहा गाउपालिका , धनगढीमाई नगरपालिका का अधिकाशं गरिव मजदुर किसान र मध्यवर्गिय परिवारका विद्यार्थीहरुको जमघट रहेको यस विद्यालयले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाहरुको प्रष्टफुटन गराउन तथा हौसला दिन विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीहरुलाई समय समयमा वार्षिकोत्सव , फुटवल प्रतियोगिता सरस्वति पूजा विद्यालय जन्म दिन जयन्ति अभिभावक दिवस प्रवेशिका उत्र्तिण बधाई कार्यक्रम जिल्ला स्त्रिय हाजिरि जवाफ प्रतियोगिता , खेलकुद ,कविता र निवन्ध प्रतियोगितामा उल्लेखनिय सफलता प्राप्त गर्दै आइरहेको छ । जनस्रोतबाहेक पनि यस विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने संघ संस्थापनि अग्रसर रहेको छ ।